काठमाडौं। सुनुवार समुदायबाट नेपाल सरकारको विभिन्न सेवामा आबद्ध सुनुवारहरूले "सुनुवार राष्ट्रसेवक समाज" गठन गरेका छन्। आईतबार सुनुवार सेवा समाज संघीय समितिको कार्यालयको सभाहलमा एक कार्यक्रमबीच अमरदीप सुनुवारको अध्यक्षतामा समाज गठन भएको हो।

सुनुवार राष्ट्रसेवक समाजको तदर्थ समितिको अध्यक्षमा अमरदीप सुनुवार, उपाध्यक्षमा डम्बर बहादुर सुनुवार, सचिवमा विश्वास सुनुवार, सहसचिवमा फौद बहादुर सुनुवार, कोषाध्यक्षमा तारादेवी सुनुवार र सदस्यहरूमा मोहन बहादुर सुनुवार, रमेश सुनुवार, मनोज कुमार सुनुवार, जिङ्ग मुखिया, सशिकला सुनुवार र बीरबहादुर सुनुवार रहेका छन्। सुनुवार समुदायबाट निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, सार्वजनिक संस्थान लगाएत विभिन्न सरकारी सेवामा आबद्ध सुनुवारहरुलाई संगठित गर्ने गरी तत्कालका लागि ११ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको तदर्थ समितिका अध्यक्ष अमरदीप सुनुवारले बताउनु भएको छ।

त्यस्तै, आजको भेलाले नेपाली सेनाका सहायक रथी राजेन्द्र प्रसाद सुनुवारलाई समाजको प्रमुख सल्लाहकार तथा सल्लाहकारमा सहसचिव रामप्यारी सुनुवार र उपसचिव तुलाराज सुनुवारलाई चयन गरेको छ। 

कार्यक्रममा नेपाली सेनाका रहायक रथी राजेन्द्र प्रसाद सुनुवार, सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणवीर सुनुवार, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, सुनुवार विद्यार्थी समाज संघीय समितिका अध्यक्ष मनिषा सुनुवारलगायत सुनुवार समुदायबाट निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, सार्वजनिक संस्थान लगाएत विभिन्न सरकारी सेवामा आबद्ध सुनुवारहरूको उपस्थिति रहेको थियो।