सिन्धुलीमाढी। एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीको अधिवेशन असोज १ र २ गते सिन्धुलीमाढीमा हुने भएको छ। संगठनको जिल्ला समन्वय समिती छैठौं जिल्ला अधिवेशन सिन्धुलीमाढीमा हुन लागेको हो।

जिल्ला संगठनका सचिव कबिन्द्र गौतमका अनुसार “सम्पुर्ण मुक्तिकामी शिक्षक, कर्मचारीहरु एक होऔ ।” भन्ने मुल नारा सहित छैठौँ अधिवेशन असोज १ र २ गते सिन्धुलीमाढीमा हुन लागेको हो ।
उहाँका अनुसार असोज १ गते माओवादी केन्द्रका उपमहासचिव हरीबोल गजुरेलले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ।

छैठौँ अधिवेशनको उद्घाटन सत्रमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारी, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन), बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतको उपस्थिति रहने आयाेजकले जनाएको छ ।