रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा प्रवाहसहितको एकिकृत घुम्ती शिविर शुरु भएको छ। गाउँपालिकाको सातै वडा सञ्चाल हुने शिविर वडा नं. ७ बाट शुरु भएको हो।
बिहिबार, भदौ ३० गते गाउँपालिकाको वडा नं. ७ भुजीमा घुम्ती शिविर सञ्चालन भएको रेडियो लिखुका कार्यक्रम प्रस्तोता सर्मिला सुनुवारले बताउनु भएको छ। उहाँका अनुसार शिविरबाट १ सय १५ जना लाभावन्वित भएका छन्। जसमा नयाँ व्यावसायिक इजाजत तर्फ ११, नवीकरण ३, नागरिकता प्रमाणपत्र २२ जना, स्वास्थ तर्फ २५ जना, अपाङ्ग परिचयपत्र ९ जना ख बर्ग ७ जना र ग बर्ग २ जना ,जेष्ठनागरिक परिचयपत्र ११, योजना सम्झौता १२ जनाले सेवा लिएका छन् l
गाउँपालिकाको सबै वडा स्तरमा नै नेपाली नागरिकताको प्रमाणपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्य परीक्षण लगायतका सेवा शिविर मार्फत लिन सकिने छ । गाउँपालिकाको वडा नं ७ भूजीबाट सुरु गरिएको घुम्ति शिविर प्रत्येक वडाको केन्द्रमा सञ्चालन हुने छ। सो अभियान अन्तर्गत जिल्लाकै सबैभन्दा दुर्गम गुम्देलका बासिन्दाले समेत वडाबाटै नेपाली नागरिकताको प्रमाणपत्र बनाउने सहितका सरकारी सेवा प्राप्त गर्ने छन्।
भदौ ३० गते वडा नं. ७ भुजी, ३१ गते वडा नं. ६ गुप्तेश्वर, असोज १ गते वडा नं. ४ प्रति, २ गते वडा नं. ५ प्रिति, ३ गते वडा नं. ३, कुवुकाँस्थली, ४ गते उमाकुण्ड २ बाम्ति र ५ गते वडा नं. १ गुम्देलमा कार्यक्रम गरी घुम्तिशिविर समाप्त हुने छ।
शिविरबाट व्यवसाय दर्ता, व्यवसाय इजाजतपत्र नवीकरण, योजना सम्झौता, सामान्य स्वास्थ्य परीक्षण, नेपाली नागरिकताको प्रमाणपत्र, अपाङ्ग परिचयपत्र, जेष्ठ नागरिक परिचयपत्र लगायत आठ किसिमका सेवाहरू प्राप्त गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल कृष्ण श्रेष्ठले बताउनु भएको छ।

