काठमाडौं। सुनुवार विद्यार्थी समाज संघीय समितिको सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न महाधिवेशनले मनिषा सुनुवारको अध्यक्षतामा १७ सदस्यीय संघीय समिति गठन गरिएको हो । 

समाजको सातौँ राष्ट्रिय महाधिवेशनमार्फत् अध्यक्षमा मनिषा सुनुवार, बरिष्ठ उपाध्यक्षमा खड्ग बहादुर मुखिया, उपाध्यक्षमा आषिस सुनुवार, महिला उपाध्यक्षमा गिता सुनुवार, महासचिवमा तुला बहादुर सुनुवार, सचिवमा मुस्कान सुनुवार, महिला सचिवमा मेनुका सुनुवार, कोषाध्यक्षमा नवीन सुनुवार र सदस्यहरूमा मणिराज सुनुवार, अप्सरा सुनुवार, पदम बहादुर सुनुवार, विपना सुनवार, सुजु सुनुवार, मानबहादुर सुनुवार, खुशी सुनुवार, सुरज सुनुवार सर्वसम्मत निर्वाचित भएका हुन् ।

सतौँ महाधिवेशनमा काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरी, झाप, इलाम, पाँचथर, रामेछाप र दोलखा जिल्लाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको निवर्तमान अध्यक्ष सागर सुनुवारले जनचासो स्रोतलाई बताउनु भयो। कार्यक्रममा सुनुवार विद्यार्थी समाजको मुखपत्र चेतना समेत विमोचन गरिएको थियो।

सुनुवार सेवा समाज संघीय समितिको सभाहलमा सम्पन्न महाधिवेशनको उद्घाटन समारोह सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणबीर सुनुवारको प्रमुख आतिथ्यता तथा पूर्व माननीय सभासद दालकुमारी सुनुवार, सुनवार विद्यार्थी समाजका पूर्व अध्यक्षहरू, सुनुवार सेवा समाजका पूर्व अध्यक्षहरू, सुनुवार कलाकारहरू, पत्रकारहरू लगायत सुनुवार विद्यार्थीहरुको भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।