रामेछापको फर्पुमा खुल्ला नृत्य प्रतियोगितामा सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व तिजको अबसरमा सुनुवार कृषक महिला समुह फर्पुको आयोजनामा मंगलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीका तुलासा खडका प्रथम भएकी छन् भने क्रमशं वडा नं ६ फर्पुका सायुषा सुनुवार द्धितिय, फर्पुकै मातृका सुुनुवार तृतिय, वडा नंं ४ बेतालीका मनिषा खडका चौथो र फर्पुका मनिका सुनुवारले पाचौँ स्थान लिन सफल भएका छन ।
बिजेता हरुलाई क्रमश रु २० हजार नगद सहित मेडल र प्रमाण पत्र प्रथम पुरुस्कार, रु १५ हजार नगद सहित मेडल र प्रमाण पत्र द्धितिय पुरुस्कार, रु. १० हजार नगद सहित मेडल र प्रमाण पत्र तृतिय पुरुस्कार, रु ५ हजार नगद सहित मेडल र प्रमाण पत्र चौथो पुरुस्कार र रु २ हजार पाँच सय नगद सहित पाँचौं पुरुस्कार बितरण गरिएको थियो ।
गोकुलगंगा गाउँपालिका वडा नंं. ६ फर्पुको पिक्निक स्पर्ट तेर्से डाँडामा सम्पन्न कार्यक्रममा गाउँपालिका र वडाका स्थानिय जनप्रतिनिधी, बिभिन्न राजनैतिक दलका प्रमुख, प्रतिनिधी, स्थानिय संघ संस्थाका अध्यक्ष, समाजसेवी, बिद्यालयका शिक्षक शिक्षिकाहरुका साथै स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।
हिन्दु नारीहरुको महान चाड तिजको अबसरमा ब्रत बस्ने आमा दिदि बिहिनीहरुलाई मनोरन्जन प्रदान गर्ने र स्थानिय कलाकारहरुको प्रतिभा लाई प्रबद्र्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमका अध्यक्ष सजिना सुनुवार बताउनु भयो ।
हजारौं दर्शकको उपस्थिती रहेको कार्यक्रममा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खडका (दिनेश), युवा नेता एबंम् आदिबासी जनजाति चलचित्र महासंघ संघिय समितिका अध्यक्ष अमृत बहादुर सुनुवार, गोकुलगंगा गाँउपालिका वडा नं. ६ फर्पुका वडा अध्यक्ष, चन्द्र बहादुर सुनवारले आफ्नो मन्तब्य राख्नु भएको थियो ।
नृत्य प्रतियोगितामा नृत्य प्रशिक्षक एबम् कोरियोग्राफर बृहषमान सुनुवार र नृत्य प्रशिक्षक एबंम् पुर्व मिस रामेछाप सरिता थापा मगर निर्णायकको भुमिकामा रहनुभएको थियो । कार्यक्रमलाई नवराज सुनवारले संचालन गर्नु भएको थियो ।
सुनुवार कृषक महिला समुहले फर्पुमा कृषी क्षेत्रलाई ब्यबसायिकीकरण गर्न र स्थानिय कृषकलाई आत्मनिर्भर बनाउन बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।