जनता समाजवादी पार्टी, नेपालको भातृ सगंठन समाजवादी युवा संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । जनकपुरमा सम्पन्न भेलाले हेमन्त राईको अध्यक्षतामा २५ जना केन्द्रीय पदाधिकारी सहित ६१ जनाको समिति गठन गरिएको छ ।

नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षहरूमा क्रमश सञ्जीव कुमार यादव, निरज प्रधान र जितेन्द्र महरा चयन हुनुभएको छ । उपाध्यक्षमा जिम्मेवारी असल खान, श्याम शिल्पकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुशवाहालाई चयन गरिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले महासचिवमा दिलिप पटेल, उपमहासचिव आतिश कुमार सिंह यादव, रञ्जित गोस्वामी, अशोक मण्डल, सरोज यादव र रेणु सिंहलाई चयन गरिएको छ ।

सचिवमा समिर नछिरिङ्ग, सलमा खातुन, स्मृति मिश्रा, श्रृजन श्रेष्ठ, अशोक यादव, ठाकुर रितु राज, विशाल यादव, दिनेश यादव, जिवन खाती छन भने कोषाध्यक्षमा मनकला लिम्बू चयन हुनुभएको छ ।

