विशाल श्रेष्ठ, सउल,दक्षिण कोरिया। राप्ती समाज दक्षिण कोरियाले अगस्ट ०७ तारिख राप्ती आपतकालीन रहात कोषका लागि सुवनमा प्रदर्शन गरेको नेपाली चलचित्र कबड्डी ४ को हिसाबकिताब सार्वजनिक गरेको छ ।

कोरियामा आकस्मिक दुर्घटना तथा अन्य समस्या परेकाहरूको लागि तत्काल रकम जम्मा गर्न नसकिने र रकम जम्मा गर्न अभियान नै चलाउनु पर्ने भएको हुदा छिटो छरितो तरिकाले समस्या समधान गर्ने मुख्य उद्देश्यका साथ राप्ती समाज दक्षिण कोरियाले राप्ती रहातकोष संचालन गर्न नेपाली सुपरहिट चलचित्र कबड्डी ४ अगस्ट ०७ तारिख सुवन सहरमा प्रदर्शन गरेको थियो।

आज फेन्थेकमा रहेको माउन्टेन रेष्टुरेण्टमा संस्थाका अध्यक्ष ओमलाल ओलीको अध्यक्षतामा कार्यसमितिको बैठक बसी कबड्डी ४ प्रदर्शनबाट व्यक्तिगत सहयोग, संस्थागत सहयोग, प्रायोजक, online Ticket र offline Ticket गरी जम्मा आम्दानी ७४ लाख ६० हजार ८८७ मध्ये व्यवस्थापन खर्च ३० लाख ४६ हजार र संस्थाको मासिक शुल्कबाट बचत रकम १२ लाख ३८ हजार ८०० गर्दा हाल राप्ती आपतकालीन राहतकोषमा ५५ लाख ३२ हजार ६८७ रहेको संस्थाका महासचिव अमृत केसीले जानकारी दिए ।

साथै कार्यक्रम सफल पार्न प्रायोजक, मिडिया पार्टनर, व्यक्तिगत सहयोग, संस्थागत सहयोग र विभिन्न ठाउँबाट आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने सम्पूर्णमा व्यक्तिगत र संस्थाको तर्फबाट अध्यक्ष ओमलाल ओलीले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।