काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिता सम्बन्धी विधेयक संसदमा पूनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। राष्ट्रपति भण्डारीले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पठाउनु भएको हो।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनाईउको विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाईएको थियो । विवादकाबीच पारित गरिएको विधेयक राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले फिर्ता पठाउनु भएको हो।

