तस्विर: राष्ट्रपति कार्यालय

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि फिनल्याण्डका राजदुत पेर्टी एन्टिनेन्सँग शिष्टाचार बिदाई भेट गर्नु भएको छ। बुधबार बिहान नेपालका लागि फिनल्याण्डका राजदुत र राष्ट्रपति भण्डारी शिष्टाचार भेट गर्नु भएको हो। 

शिष्टाचार भेटको अवसरमा राष्ट्रपति भण्डारी र राजदुत पेर्टिबीच नेपाल र फिनल्याण्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।