सिन्धुली। सिन्धुलीस्थित मरिण गाउँपालिकाको प्रशासकिय भवन आज उद्घाटन भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमबीच पालिकाको प्रशासकिए भवन उद्घाटन गरेका हुन्।
नेपाल सरकारको ५ करोड लागतमा गाउँपालिकाले तीन तले प्रशासकिए भवन निर्माण सम्पन्न गरेको हो। भनव निर्माणको जिम्मा अनक कन्ट्रक्सन कम्पनी प्रा.लीले २०७७ पुस मसान्तसम्म निर्माण गरी सक्ने गरी २०७५ साल असारमा सम्झौता गरेको थियो।
सुविधा सम्पन्न भवनमा लिफ्ट जडान गरिएको, अपाङ्गमैत्री रहेको र अब नयाँ भवनबाट छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह गरिने मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताउनु भयो। साथै उहाँले यस अघि भाडाको घरबाट गाउँपालिकाको कार्यालय सञ्चालन हुँदैआएकोमा अब आफ्नै भवन सर्ने जानकारी दिनुभयो।

