कटारी। सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बस सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका वडा नं. -४ मरुवामा दुर्घटना हुँदा कम्तिमा १२ जना घाईते भएका छन्। आज (सोमबार) सोलुखुम्बुको सल्लेरीबाट विराटनगरका लागि छुटेको  बा ३ ख २९५६ नं. को यात्रु बाहक बस दिउँसो २ः३० बजे अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा घाईते हुनेहरुमा बस चालक मोरङको विराटनगर महानगरपालिका ११ का ३० वर्षिय सरोज कुमार झा, पाँचथरको फिदिम नगरपालिका -५ का २४ वर्षीय भुपेन्द्र पोखरेल, उदयपुर कटारी नगरपालिका -४ का ३२ वर्षिय तेज कुमार राई, मोरङ रङ्गेली नगरपालिका -७ का ६० वर्षिय खड्क बहादुर भुजेल, खोटाङ हलेसी तुवाचुङ नगरपालिका -७ का २५ वर्षिय संजिव राउत र ओखलढुङगा सिद्धिचरण नगरपालिका -१ का ५० वर्षिय टेकराज कोईराला रहेका छन् ।

त्यस्तै, ओखलढुङगा सिद्धिचरण नरपालिका -१ का ३२ वर्षिय युवराज कोईराला, सोही नगरपालिका वडा नं. -३ का ३८ वर्षिय यादब कुमार दाहाल, ओखलढुङगाकै मोलुङ गाउँपालिका -२ रामपुरका ३३ वर्षिय तेज प्रसाद नेपाल मोरङ कानेपोखरी नरपालिका-७ की ६० वर्षिया गंगादेबी भुजेल, मोरङ कानेपोखरी नरपालिका -७ कि ३६ वर्षिया धनमाया भुजेल, सिन्धुली फिकल गाउँपालिका -४ का ७० वर्षिय जित बहादुर बिसुङखे रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक मोहन थापाले जानकारी दिए ।

अस्पतालका अनुसार पाँचथरको फिदिम नगरपालिका -५ का २४ वर्षिय घाइते भुपेन्द्र पोखरेलको अवस्था गम्भिर रहेको छ। घाईतेहरु अधिकांशलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने सामान्य अवस्थाका घाईतेहरुको कटारी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुर्घटनाको कारण भने खुलिसकेको छैन।