काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा आज काठमाडौँमा आयोजना गरेको बृहत् जनप्रदर्शन कार्यक्रम गरेको छ। मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली निकालेर वसन्तपुरमा मिसिने छ।
जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार सबैतिरबाट जनप्रदर्शन वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर समापनसभामा परिणत गरिएको छ।
जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहेको छ।

