काठमाडौं। २० वर्ष मुनि उमेर समुहको साफ च्याम्पियन्सिपमा नेपाल भारतसँग लज्जास्पद हार ब्यहोरेको छ। यसअघि माल्दिभ्स र श्रीलङ्कालाई फराकिलो अन्तरले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको नेपाल भारतसँग ८-० गोल अन्तरले लज्जास्पद हार ब्यहोरेको हो।
नेपालले खेलको पहिलो हाफमा १-० ले पछि परेको थियो तर खेलको दोस्रो हाफमा थप ७ गोल खाँदै लज्जास्पद हार बेहोरेको हो। खेलको पहिलोहाफमा नेपालका गोल किपर इश्वर गुरुङले बल नियन्त्रण गर्न नसक्दा गोल खान पुगेको थियो। तर खेलको दोस्रो हाफमा नेपालको फितलो प्रदर्शन रह्यो भने भारत खेलमा हाबीहुँदा फराकिलो अन्तरले हारेको हो।
नेपाले खेलको ५२,५४, ६२, ७१, ७८, ८९ र खेलको इन्जुरी समयमा खोल खाँदै समग्र नतिजा भारतलाई सुम्पेको हो।