काठमाडौं। संघीय गणतन्त्र ब्राजिलका लागि नेपाली राजदुतमा निर्मललराज काफ्ले नियुक्त भएका छन्। नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिषरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई राजदुतमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रिषरिषद्को सिफारिसमा काफ्लेलाई ब्राजिलका लागि नेपाली राजदुतमा नियुत्त गरिएको जनाएको छ।

