काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।

गत कार्तिक २१ गते एनईए इन्जिनियरिङ कम्पनीबाट काज फिर्ता गरेर नेपाल विद्युत प्राधिकरणको कायममुकाम कार्यकारी निर्देशकमा बनेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने सरकारले निर्णय गरेको हो।