काठमाडौं । सरकारले माघ ३० गते विदा दिने भएको छ । तामाङ जातिहरूको पर्व सोनाम ल्होछार २८५७ औँ लाङ ल्हो (गोरु वर्ग) को अवसरमा माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३० गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको र सम्बन्धित जातिलाई मात्र विदा दिँदै आएको थियो। सरकारले विगत २०५१ सालदेखि सोनाम ल्होछार अवसरमा सो दिन विदा दिँदै आएको थियो।

