काठमाडौं। राष्ट्र सेवक आदिवासी जनजाति कर्मचारीहरूको छाता सङ्गठन आदिवासी जनजाति कर्मचारी महासंघ गठन भएको छ। शनिबार काठमाडौंमा सम्पन्न भेलाले दिल कुमार लिम्बुको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन गर्दै संगठित रुपमा आदिवासी जनजाति कर्मचारीहरू एकजुट भएका हुन्।
विभिन्न आठ घटक आदिवासी जनजाति कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भेलाले अध्यक्षमा दिलकुमार लिम्बु, वरिष्ठ उपाध्यक्षमा सदन राई, उपाध्यक्षमा आशिष चौधरी र अशलीमाया तामाङ, महासचिवमा जितेन्द्र बलामी रहेका छन्। सचिवमा विष्णु चौधरी, यसी शेर्पा, डिलबहादुर तामाङ, रञ्जना मुखिया, पवन घर्तीमगर, रचना बुढाथोकी मगर र चक्रबहादुर घर्तीमगर सचिव चयन भएका छन्। त्यस्तै, बिनुका शेर्पा कोषाध्यक्ष र युनिल राई सह–कोषाध्यक्षमा चयन भएका छन् ।
तदर्थ समितिको सदस्यहरूमा सुजित चौधरी, विकाश श्रेष्ठ, नविन्द्र सुनुवार, फूलमाया लिम्बू, हेमराज पुन मगर, अनिल श्रेष्ठ, रमेश सुनुवार, भुवन लिम्बू, जितबहादुर रानामगर, सोनी तामाङ, कविता राई, सन्ध्या सुब्बा, निना राई र धर्मबहादुर थारु रहेका छन् ।
भेलाले नेपाल आदिवासी जनजाति कर्मचारी महासंघको अवधारणापत्र -२०७९ समेत जारी गरेको छ। अवधारणापत्रमा सार्वजनिक प्रशासनमा जनजाति समुदायको उपस्थितिलाई सुदृढ गर्न जनचेतना अभिवृद्धि र सशक्तिकरण कार्यक्रम गर्ने, सार्वजनिक प्रशासनसँग सम्बन्धित विषयमा अन्तर्क्रिया, गोष्ठी, छलफल र सम्मेलनको आयोजना गरी विचार, प्रविधि र अनुभवको आदान प्रदान गर्ने, सार्वजनिक प्रशासन र आदिवासी जनजातिसँग सम्बन्धित विषयमा विभिन्न खोज अनुसन्धान, अध्ययन र प्रकाशन गर्ने, कर्चारीहरीको कल्याणकारी काम गर्ने र संघ, प्रदेश, जिल्लाहुँदै स्थानीय तहसम्मको सङ्गठन विस्तार गर्ने उद्देश्य रहेको उल्लेख छ।
भेलाले कृष्टि रोकमगरको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ सदस्यमा विजय मोक्तान र गौतम बुढामगर रहेको छन्। तदर्थ समितिको गठन भएसँगै महासंघले आगामी ६ महिनामा महाधिवेशन सम्पन्न गर्ने तदर्थ समितिका अध्यक्ष दिल कुमार लिम्बुले बताएका छन्।

