काठमाडौं। मण्डला नाटकघर थापा गाउँमा ऐतिहासिक खुवालुङको विषयवस्तुमा आधारित नाटक "खुवालुङ" मञ्चान भईरहेको छ। राजन मुकारुङद्वारा लिखित किरण चाम्लिङको निर्देशनमा रहेको नाटक साउन ६ गते शुक्रबारबाट मञ्चन सुरु भएको हो।
विभिन्न जाति, भाषा र संस्कारको ऐतिहासिक रुपमा रहेको खुवालुङको कथालाई नाटकमा प्रस्तुत गरेर देखाउने प्रयास गरिएको छ। सुनकोसी, अरुण र तमोर तीन नदिको संगमस्थल त्रिवेणीको जलासयमा अवस्थित विशाल ढुङ्गालाई मन्दुमी मान्यता र विश्वास परापुर्वकाल देखि मानिँदै आएको छ।
नाटकका कलाकार इँगिहोपो कोइँच सुनुवार ‘खुवा’को अर्थ खोलानदीको पानी हो भने ‘लुङ’को अर्थ ढुङ्गा हुन्छ। खुवालुङलाई संस्कार–संस्कृतिको प्रतीक मानिन्छ। खुवालुङ सांस्कृतिक विश्वास र अभ्यासको जग हो । खुवालुङलाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदीहरूको मुल–मुहान पछ्याउँदै जाने क्रममा विकास भएको मानव सभ्यताको कथा नै खुवालुङको कथा हो।" भन्नु हुन्छ।
नाटकका लेखक राजन कुमारुङले सांस्कृतिक आन्दोलनको निरन्तरताका लागि नाटक कलामार्फत् प्रस्तुत गर्नुपर्छ भन्ने महशुस गरेर नाटक लेखिएको बताउनु हुन्छ। उनका अनुसार नाटक "खुवालुङ"मा इतिहास, पुर्खाहरूको भनाई तथा कहानीहरूका आधारमा साझा मान्यता पाएको कुराहरू नाटक मार्फत प्रस्तुत गरिएको छ।
निर्देशक किरण चाम्लिङका अनुसार खुवालुङ एउटा ढुङ्गा मात्रै नभएर यसका प्राकृतिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक महत्वहरूलाई नाटकमार्फत प्रस्तुत गर्ने प्रयास गरेको बताउनु हुन्छ।
नाटकमा पशुपति राई, मानहाङ लावती, इंगि होपो कोइच सुनुवार, समयोग गुरागाईं, सविना थापा, प्रसम्शा सिवाकोटी, बेदना राई, रियर राई, रमिला मोक्तानलगायतका कलाकारहरुले अभिनय गरेका छन् भने नाटक साउन २९ गतेसम्म चल्ने छ।