मिलन राई, इलाम । सुदुर पूर्वी इलामको सूर्योदय नगरपालिका १२ करफोकको सुन्दर र शान्त वातावरणमा अवस्थित करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा यस शैक्षिक वर्षदेखि विविए र एक वर्षे वि-एडको कक्षा सञ्चालन हुने भएको छ ।

वि.सं. २०५९ सालमा स्थापना भइ विविए र एक वर्षे वि-एड संकायमा अध्यापन भइरहेको उक्त क्याम्पसले यस शैक्षिक वर्षदेखि विविए र एक वर्षे वि-एडका कक्षाहरू पनि सञ्चालन गर्न अनुमति पाएको क्याम्पसका सहायक क्याम्पस प्रमुख खगेन्द्र प्रधानले जानकारी दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा बिहानी सत्रमा कक्षा हुने, पटकपटक स्वर्ण पदक प्राप्त गर्न सफल र विश्वविद्यालयबाट QAA प्रक्रियाको अन्तिम चरणमा रहेको छ ।

सूर्योदय नगरपालिकाबाट विशेष छात्रवृत्ति रहेको र क्याम्पसको आन्तरिक छात्रवृत्तिको योजनामा रहेको क्याम्पस प्रमुख गोपाल कट्टेलले बताए । छात्रावासको पनि व्यवस्था भएको यस क्याम्पसमा Internal assessment हुने,E-library को व्यवस्था, नियमित शैक्षिक अवलोकन भ्रमण, आवश्यकता अनुसार उपचारात्मक कक्षा,खेलकुदको सुविधा र व्यवस्थापन, चमेना गृहको पनि व्यवस्था रहेको प्रमुख कट्टेलले जानकारी दिए । क्याम्पसले शिक्षण सिकाइमा आधुनिक शैक्षणिक प्रविधिको प्रयोग, दक्ष तथा अनुभवी अध्यापकद्वारा विद्यार्थीमैत्री पठनपाठन गर्दैआएको छ ।

यस शैक्षिक वर्षदेखि सञ्चालन हुने BBA मा ब्रिज कोर्स तयारी कक्षा क्याम्पसमा नै गर्ने, स्थानीय क्षेत्रमा job placement का लागि सहजीकरण गर्ने, कम्प्युटर ल्याव र अभ्यासको आधारमा आधारित भएर अध्यापन गरिने जस्ता विशेषता यस क्याम्पसमा रहेको छ । यस वर्षदेखि सञ्चालन भएको BBA तर्फ ४८ जना विद्यार्थीको कोटा रहेको छ । हाल bridge course गर्नको लागि र entrance exam तयारी गर्नको लागि विद्यार्थीहरूले सम्पर्क गरिरहेका छन् ।