मिलन राई,इलाम। सुदुर पूर्वी इलामको सूर्योदय नगरपालिका वडा नं. १२ करफोकमा अवस्थित करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा यस शैक्षिक वर्षदेखि बिबिए र एक वर्षे बिएड को कक्षा सञ्चालन हुने भएको छ। वि.सं. २०५९ सालमा स्थापना भइ बिबिएस, बिए र बिएड संकायमा अध्यापन भइरहेको उक्त क्याम्पसले यस शैक्षिक वर्षदेखि बिबिए र एक वर्षे बिएड का कक्षाहरू सञ्चालन हुने भएको हो।

क्याम्पसका सहायक क्याम्पस प्रमुख खगेन्द्र प्रधानका अनुसार विद्यालयले अब बिबिएस, बिए र बिएडका अलवा बिबिए र एक वर्षे बिएडको अनुमति पाएको जानकारी दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा बिहानी सत्रमा कक्षा हुने, पटकपटक स्वर्ण पदक प्राप्त गर्न सफल र विश्वविद्यालयबाट क्युएए प्रक्रियाको अन्तिम चरणमा रहेको छ । सूर्योदय नगरपालिकाबाट विशेष छात्रवृत्ति रहेको र क्याम्पसको आन्तरिक छात्रवृत्तिको योजनामा रहेको क्याम्पस प्रमुख गोपाल कट्टेलले बताए ।

छात्रावासको पनि व्यवस्था भएको यस क्याम्पसमा आन्तरिक एसएसमेन्ट हुने  इ-लाईब्रेरीको व्यवस्था, नियमित शैक्षिक अवलोकन भ्रमण, आवश्यकता अनुसार उपचारात्मक कक्षा,खेलकुदको सुविधा र व्यवस्थापन, चमेना गृहको पनि व्यवस्था रहेको प्रमुख कट्टेलले जानकारी दिए । क्याम्पसले शिक्षण सिकाइमा आधुनिक शैक्षणिक प्रविधिको प्रयोग, दक्ष तथा अनुभवी अध्यापकद्वारा विद्यार्थीमैत्री पठनपाठन गर्दैआएको छ । यस शैक्षिक वर्षदेखि सञ्चालन हुने बिबिएमा ब्रिज कोर्स तयारी कक्षा क्याम्पसमा नै गर्ने, स्थानीय क्षेत्रमा जब प्लेसमेन्टका लागि सहजीकरण गर्ने, कम्प्युटर ल्याव र अभ्यासको आधारमा आधारित भएर अध्यापन गरिने जस्ता विशेषता यस क्याम्पसमा रहेको छ ।

यस वर्षदेखि सञ्चालन भएको बिबिए तर्फ ४८ जना विद्यार्थीको कोटा रहेको छ । हाल ब्रिज कोर्ष गर्नको लागि र प्रवेश परिक्षा तयारी गर्नको लागि विद्यार्थीहरूले सम्पर्क गरिरहेका छन् ।