रामेछाप। गोकुलगंगा गाउँपालिकाद्वारा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा ३ सय ९९ जना बिरामी लाभान्वित भएका छन्। गाउँपालिकाले शनिबार (असार ३२) गते आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा  उक्त संख्यामा बिरामीहरू लाभान्वित भएका हुन्। 

गोकुलगंगा अस्पतालका मेडिकल अधिकृत डा. आदर्श यादवका अनुसार बृहत् शिविरबाट १ सय ५७ नजाले आँखा, ५५ जनाले दन्त सेवा, ६८ जनाले भिडियो एक्सरे सेवा, ७६ जनाले एक्सरे सेवा ७० जनाले प्रयोगशाला सेवा र २३ जनाले इसिजी सेवा गरी कूल ३ सय ९९ जनाले सेवा प्राप्त गरेका छन्।

बृहत् स्वास्थ्य शिविर सम्पन्न गर्नका लागि रामेछाप जिल्ला अस्पतालका डा. मनोज यादव, गोकुलगंगा अस्पतालका मेडिकल अधिकृत डा. रामानुज प्र. हाथी र मेडिकल अधिकृत डा. आदर्श यादव लगायत गोकुलगंगा अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरू सहितको टोली रहेको थियो।