काठमाडौं। सुनुवार महिला समाजको पाँचौ राष्ट्रिय सम्मेलनबाट शोभा सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। शनिबार सुनुवार सेवासमाजको भवनमा सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनले सुनुवारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।
पाँचौँ सम्मेलनबाट उपाध्यक्षमा सिर्जना सुनुवार, ओखलढुंगा, सपना सुनुवार, कोषाध्यक्षमा कमला सुनुवार, ओखलढुंगा, सदस्यहरुमा गंगाकुमारी सुनुवार, सिरहा, रेजिना सुनुवार रामेछाप, पारु सुनुवार, काठमाडौ, सावित्री सुनुवार, सुप्रिमा सुनुवार, रामेछाप, सिमा सुनुवार, रामेछाप रहेका छन्।
लक्ष्मी सुनुवारको अध्यक्षतामा भएको राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष शारदा सुनुवारले आर्थिक प्रतिवेदन र सचिव शोभा सुनुवार प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। निर्वाचन समितिमा संयोजक समीर मुखिया सुनुवार, सदस्यहरुमा मनु सुनुवार तथा कोइँचबु काःतिच रहेका थियो। नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष लक्ष्मी सुनुवारले वधाइज्ञापनसहित सपथ ग्रहण गराउनु भएको थियो ।
समाजका पूर्व अध्यक्ष विमला सुनुवार, सहसचिव रामप्यारी सुनुवार, माननीय दालकुमारी सुनुवार, महिला महासंघ प्रतिनिधि, सुसेस संस्थापक सदस्य प्रेम हाँवाली लगायत सुसेस काठमाडौं भक्तपुर अध्यक्ष, नगर अअध्यक्ष, आङ्गिक संस्था सुनुवार विद्यार्थी समाजका महासचिवको अतिथ्यता तथा सुसेस संघीय समितिको अध्यक्ष रणवीर सुनुवारको प्रमुख आतिथ्यतामा सम्मेलन सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको थियो । आदिवासी ज्ञानको संरक्षण कोइँचाम्हरुको साझा अभियान नारासहित सम्पन्न पाँचौ सम्मेलनबाट निर्वाचित समितिको पहिलो कर्तव्य संस्थागत अद्यावधिक गर्ने र कोइँच महिलाले जोगाइ राखेको परम्परागतज्ञानको संरक्षण सम्वर्द्धन हुने नवनिर्वाचित अध्यक्ष शोभा सुनुवारले बताइन्।