तस्विर: साम सुनुवार

साम सुनुवार, कतार दोहा, कतार। दोस्रो युनाईटेड नकआउट फुटबल प्रतियोगिता २०२२ को उपाधी आयोजकले जितेको छ। बकर–इद (इद–उल–अधा)को अवसरमा आयोजित दोस्रो युनाइटेड यूथ क्लब नकआउट नाइन–ए–साइड प्रतियोगिताको फाईनलमा प्रतिद्वन्दी नाईन-स्टार र आयोजक युनाइटेड युथ एफसि, कतार बिचको प्रतिस्पर्धा खेल निर्धरित समय बिना गोल सकिए पछि पेनाल्टी प्रहारमा आयोजक टिमले प्रतिद्वन्दीलाई ६-५ सडेनडेथ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगितामा कुल ३२ टिमको सहभागिता रहेको थियो । सहभागी टिम सबै खेलाडीहरु आफै मिलेर क्लबको नाम आफु कार्यरत कम्पनीको नाम राखेर सहभागि बनेका थिए भने सस्थागत रुपमा मोना कतार मात्र सहाभागि बनेको थियो । प्रतियोगिताको विजेतालाई १८०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई१२०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र क्लबका ब्यबस्थापक गौतम श्रेष्ठ र प्रबासि भुजेल समाज कतारका उपाध्यक्ष उमेश भुजेलले बितरण गर्नु भएको थियो ।

प्रतियोगितामा ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेलाडी : पर्विन राई (9star FC) उत्कृष्ट डिफेन्डर: बिसु तामाङ (9 star FC) सर्वाधिक गोलकर्ता: पारस लिम्बु( NYC Qatar) ५ गोल उत्कृष्ट गोेल रक्षक: आसिस लिम्बु ( UYFC) उत्कृष्ट प्रशिक्षक : स्याम तामाङ( UYFC) भने सेमिफाईनल र फाइनालको म्यान अफ द म्याच आसिस लिम्बु( (UYFC), सागर केसि(PETRO FC)पासाङ लामा(UYFC) चुनिएका थिए । प्रतियोगिता ७तरिका बिहिवार बेलुका नेपालि भेट्रान टिम, कतार र UYFC भेट्रान टिम बिच खेल खेलेर उदघाट्न गरिएको थियो । आयोजकले खेल पश्चात नेपालि भेट्रान टिमका खेलाडिहरुलाई सम्मान गर्दै ट्रफि मेडल बितरण गरिएको थियो । सम्पुर्ण आयोजक टिमको तर्फबाट खेल हार जित भन्दा पनि नेपालि भेट्रान टिमका अग्रज दाईहरुलाई सम्मान गर्ने योजना अनुरुप गरेका बताए ।

भेट्रान टिमलाई सम्मान पश्चात खुल्ला तर्फको खेल सुरुवात गरिएको थियो । खेल समापन ११ तारिक सोमबार बिहान ४ भएको आयोजकले बताए । प्रतियोगिता सफल बनाउन मुख्य प्रायोजक नेपाली भेट्रान एफसी कतार, सह-प्रयोजक गोर्खा बाईक राईडर ट्रेडिङ डब्लु एल एल, न्यु सारा ब्युटी सलुन र सहयोगिहरुमा दि गोर्खा नेपाली रेस्टुरेन्ट, मण्डला रेस्टुरेन्ट , रोयल नेपाली रेस्टुरेन्ट, झापा एफसी, एच क्यु हाईक्वालिटी टेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी रहेका छ्न । ब्यनार प्रायोजन NRNA-NCC, Qatar का खेल सयोजक रबिन मगरले गर्नु भएको थियो ।

ब्यक्तिगत रुपमा पनि अग्रज समाजसेविहरुबाटआर्थिक सहायोग भएको आयोजकले बताउनु भयो । भने अफिसियल मिडियाहरुमा गोल नेपाल डटकम, मध्यान्ह, मुग्लानी खबर, अखबर नेपाल, आदर्श सन्चार, जनचासो खबर, दिप सन्चार, एभरेस्ट दैनिक क्युएन खबरले साथ दिएका थिए । विशेष गरेर बिदाको समयमा कतारमा रहेका नेपालीहरू बिच भाईचारा, स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले युनाइटेड यूथ एफसिले प्रतियोगिता आयोजना गरेको र पहिलो प्रतियोगिता भन्दा यो दोस्रो प्रतियोगितामा धेरै साथ सहयोग मिलेकोले आगामि दिनको लागि अझ हौसला बढेको संयोजक सुनिल लामा तामाङले बताउनु भयो।