जनकपुरधामका डा. नवल पंजियारलाई जिनियस रेकर्ड बुकमा राखिएको छ । स्मरण शक्ति बढाउने गुरुको रुपमा चर्चित डा. पंजियारलाई विश्वमा सबै भन्दा बढि स्मरण शक्ति राख्ने व्यक्तिको सूचिमा राखिएपछि जनकपुरधाममा खुशीयाली मनाइएको छ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य संजय चौधरीले जनकपुरधामका लागि खुशीयालीको क्षण रहेको बताए ।
डा. पंजियारको विश्वको विभिन्न स्थानहरुमा शिविरहरु भइरहेको हुन्छ । स्मरणशक्ति बढाउन उहाँले टिप्स दिनुहुन्छ । वर्षो पुरानो घटना मिति सहित उहाँलाई स्मरण रहेको छ । केही सोध्ने वितिकै उहाँ भनिहाल्नुहुन्छ । यो कला विरलै व्यक्तिमा भेटने गरिएकाले रेकर्ड बुकमा राखिएको छ ।