दानियल सुनुवार, रस्नालु। रामेछापको गोकुलगंगा गाँउपालिकाको प्रशासकिय भवनको उद्घाटन तथा सहायक भवनको सिलान्यास भएको छ। आईतबार बागमती प्रदेशसभा सदस्य एवम् नेपाली काङग्रेस संसदिय दलका नेता ईन्द्र बानियाले प्रशासकिय भवन उद्‍घाटन तथा नयाँ भवनको शिलान्यास गर्नु भएको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङग्रेस जिल्ला सभापती रहेका पूर्ण बहादुर तामाङ (कान्छाराम)ले बिगत पाँच वर्षमा निवर्तमान अध्यक्ष खड्ग बहादुर सुनुवार तथा उपाध्यक्ष राधिका श्रेष्ठले गोकुलगंगा गाँउपालिकामा विकासका अत्याधिक अत्याधिक राम्रा काम गरेको भन्दै खुलेर प्रशंसा समे गर्नु भयो। तामाङले यो बाँकी रहेको कामलाई निरन्तरता दिँदै समृद्ध गोकुलगंगा निर्माण गाउँपालिका निर्माणमा नवनिर्वाचित जनप्रतिनीधीलाई उत्प्रेरणा समेत दिनुभएको छ। 

कार्यक्रममा निवर्तमान उपाध्यक्ष राधिका श्रेष्ठ नेवारले आफुले पाँच वर्षको राम्रो अनुभव भएकोले जुनसुकै परिस्थितिमा सल्लाहा सुझाब दिन तत्पर रहेको बताउनु भएको छ। 

उद्घा‍टन कार्यक्रममा प्रशाशनिक भवनको लागत अनुमान गोकुलगंगा गाउँपालिकाका कार्यबाहक ईन्जिनियर अर्जुन उपाध्यायले सार्वजानिक गर्नुभएको थियो। करिब दुईकरोडमा निर्माण भएको नयाँ प्रशासकिय भवनमा सुविधा सम्पन्न १५ वटा कोठाहरू रहेका छन्। एक करोड ९२ लाख ५६ हजार ६१ रुपैयाँ ७० पैसामा निर्मीत भवन २६ सय ५८ स्वायर फिट क्षेत्रफल निर्माण भएको इन्जिनियर उपाध्यायले बताए।

साथै, आजै नयाँ भवनको पनि सिलान्यास भएको छ। उक्त भवनको लागत नौ करोड ३८ लाख ४० हजार दुईसय छपन्न रुपैयाँ लागत अनुमान गरिएको छ। उक्त भवन ६ हजार ५०० स्वायर फिट क्षेत्रफलमा १७ दशमलव ९५ मिटर उचाईको बन्ने र जसमा सुविधा सम्पन्न ७० वटा कोठा रहने र लिफ्ट सुविधा सहित हुने इन्जिनियर उपाध्याले बताएका छन्। 

कार्यक्रममा विभिन्न समाजसेवी व्यक्तित्वहरू, पार्टी प्रतिनिधीहरु, लिखुतामाकोशी गाँउपालिकाका जनप्रतिनीधि, रामेछाप नगरपालिकाका उपाध्यक्ष, सुरक्षा निकाय तथा सरोकारवालाहरुको उल्लेख्य उपस्तिथी रहेको थियो ।