दानियल सुनुवार । रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा न. ३ रस्नालुमा १५ वर्षिय एक किशोरको रहस्यमय मृत्यु भएको भएको छ । गोकुलगङ्गा माध्यमिक बिद्यालय रस्नालुको कक्षा ८ मा अध्ययनरत छात्र नयन सुनुवारको लास बुधबार बिहान उनको आफ्नै घरमा झुन्डिएको अबस्थामा भेटिएको थियो ।
अहिलेसम्म मृत्युको ठोस कारण पत्ता लाग्न नसकेपनि गरिबी एबम मानसिक तनाबका कारण हुन सक्ने आशंका गरिएको छ । स्थानीय प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, समाजसेवी, छरछिमेकी सबै उनको मृत्युको कारण पत्ता लगाउनु जुटिरहेको सोही वडाका वडा अध्यक्ष नरबिक्रम कार्कीले बताएका छन ।

