काठमाडौं। इगिँहोपो कोईँच सुनुवारद्वारा निर्मित "सेनाको चेली" नामक लघु चलचित्र युट्युवमा सार्वजनिक भएको छ। नेपाली सेना लघु चलचित्र प्रतियोगिता -२०७८ मा उत्कृष्ट लघु चलचित्र युट्युवमा सार्वजनिक भएको हो।
इगिँहोपो कोइँचको निर्देशनमा निर्मित लघु चलचित्रमा नेपाली सेना र विद्रोहीबीचको द्वन्द तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाईएको छ। चलचित्रमा दिदीभाईको सम्बन्ध र सेनाको कर्तव्यलाई प्रस्तुत गरिएको छ । चलचित्रमा कलाकार किरण चाम्लिङ राई, संगिता थापा मगर, आर्यान खड्का, बाल कलाकार रिया हमालहरु मुख्य भूमिकामा रहेका छन । मामा आर्टसको निर्माणमा इँगिहोपो कोँइच सुनुवारको निर्देशन रहेको चलचित्र ‘सेनाको चेली’ मामा आर्टसको अफिसियल युट्युव च्यानलमा उपलब्ध छ ।
नेपाली सेना लघु चलचित्र प्रतियोगिता -२०७८ मा सर्वोउत्कृष्ट लघु चलचित्र सेनाको चेलीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो।

