काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको हो। 

पाँच दलिय गठबन्धन सहितको मन्त्रिषरिषदमा एकिकृत समाजवादीले मन्त्रिहरू हेरफेर गरेको छ।  राष्ट्रपति कार्यालयले आइतबार साँझ विज्ञप्ति जारी गर्दै एकिकृत समाजवादीका तर्फबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेको जनाएको छ।