काठमाडौं। अष्ट्रेलिया र इजरायलका लागि नयाँ नेपाली राजदुत नियुक्ति भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आईतबार अष्ट्रेलियाका लागि कैलाश राज पोखरेल र इरजायलका लागि कान्ता रिजाललाई नियुक्ति दिनु भएको हो। 

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अष्ट्रेलियाका लागि नेपाली राजदुतमा पोखरेल र इजरायलका लागि रिजाललाई नियुक्ति दिनु भएको उल्लेख छ।