बुझ्दैनन, ठिक हो गार्हो बिषय कहाँ सजिल्यै बुझ्छन त ? पटक पटक बुझाउनु पर्यो नि । बुझ्न चाहन्नन, ठिक हो नि त्यसको महत्व नै थाहा छैन अनि किन बुझ्नु पर्यो र ? रसवरी नखाएको मान्छेलाई रसवरी देख्दा मुखबाट पानी नआउनु स्वभाविक होइन र ?
शिक्षकको काम पढाउने हो तर यहाँ त शिक्षक परीक्षामा चिट चोराउनेमा मात्र तल्लिन भाको झै बीमा बुझाउन गाह्रो भो भनेर नबुझाई अत्यन्तै साना बीमा गराइएको पाइयो र बीमा गरेको पनि त्यो आफन्त अभिकर्ताले धेरै किचकिच गरेकोले आफ्नो लागि नभई अभिकर्ताको किचकिछ मुक्त हुनका लागि गरियो त्यसकारण बीमालाई धेरैले गलत तरिकाले बुझेका हुन् । तर आजभोली अवस्था त्यस्तो छैन र छ भने हामीले चिर्नु पर्छ । किन की हामी नेतृत्व र व्यक्तित्व विकास गर्दै-गर्दै आर्थिक रुपमा सबल बन्दै छौँ जुन सजिलो र सबैको लागि सम्भव छैन ।
पहिले ढोका खोजौँ, कतै भित्ता फोर्न खोजेका त छैनौ ? ढोका पनि कहाँ सजिलै खुल्छ र ? ताल्चा छ कि ? ठेल्नु पर्ला कि ? सार्नु पर्ला कि ? त्यसैले हरेक समस्याको समाधानको आफ्नै तरिका छ । तरिका खोजौँ भित्तो फोर्न खोज्नु भन्दा ।
परिवार, छोराछोरी, घर, शिक्षा, स्वास्थ, बीमा, रोजगारी, साथिभाई, छरछिमेक, नातागोता यी सबै मानिसको लागी नभै नहुने विषय हुन् । जीवन बीमा बाहेक सबै कुरामा प्रायले ध्यान पुर्याको पाईन्छ । जीवन बीमा नै सर्वेसर्वा त नभनौँ । सबै राम्रो छ राम्रै हुनेछ भन्ने आसा गरौँ । तर “Hope for the best but prepare for the worst.” भने झैँ । वा “स्याल मार्न जाँदा बाघको खजाना लानु।” भन्थे नि बुढापाकाले हो त्यही हो ।
आजको यो प्रविधि मैत्री दुनियाँमा जीवन तहसनहस हुँदैछ भने मात्र बीमा नभाको कारणले हुदैँछ । नराम्रो होला कि भनेर गर्ने भनेको त मात्र निर्जिवन बीमा हो जीवन बीमा होइन । जीवन बीमा भनेको त ! जीवन रहँदा, आर्थिक समस्या पर्दा र बुढेसकालमाको गतिलो सहारा हो । त्यो पनि फजुल खर्छ बाट जोगाएर थोपा थोपा जम्मा हुने । आकाश बाट परेको पानीले पोखरी भरिएको झै भरिने हो । आफ्नै पैसा आफैले चलाउन पनि ऋण लिनु पर्ने हुनाले कुनै पनि हालतमा खर्च नहुने र नगरिने । ऋण लिदा पनि बीमा चलिरहने । जम्मा गरेको पैसा भन्दा २५ औं गुणा माथि सम्मको सुरक्षा गर्ने यति महान कार्यको थालनी गर्न किन ढिला गर्ने ??
त्यसैले यो बिषयलाई हेला होइन माया गरौँ।
जीवन अमुल्य छ, आजै सुरक्षित गरौँ।