काठमाडौं। विष्णुपुकार श्रेष्ठ छिमेकी देश चीनका लागि नेपाली राजदुतमा नियुक्त हुनु भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार श्रेष्ठलाई नियुक्ति दिनु भएको हो।
राष्ट्रपति कार्यालयले बिहीबार अपरान्ह विज्ञप्ति जारी गर्दै संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूत पदमा बिष्णुपुकार श्रष्ठलाई नियुक्ति दिएको जनाएको छ।
विश्व राजनीतिक ध्रुविकरण बढिरहेका बेला छिमेकी देशमा गरिने राजदुत नियुक्तिले विशेष अर्थ राख्ने गर्दछ।

