काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिन्धुली-काठमाडौं सम्पर्कमञ्चको सपथ ग्रहण तथा बिस्तारित बैठक सम्पन्न भएको छ । शनिबार बागमती प्रदेश सम्पर्क मञ्चको कार्यलय बागबजारमा एक कार्यक्रमबीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार सम्पन्न सपथ ग्रहण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कमल दाहालको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य रामकृष्ण श्रेष्ठ तथा बागमती प्रदेश सम्पर्क मञ्चका पदाधिकारीहरू र नेपाल निजामती कर्मचारी ट्रेड युनियनका अध्यक्ष केदार देवकोटाको आतिथ्यता रहेको थियो।
गत माघ ३ गते कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा आयोजित कार्यक्रमले नारायण बहादुर सुनुवारको अध्यक्षतामा १ सय २५ सदस्यीय सिन्धुली-काठमाडौं सम्पर्क मञ्च समिति रहेने गरी पुनर्गठन गरिएको थियो। मञ्चको पुनर्गठित पदाधिकारीहरूलाई सपथ भने आज नेकपाको बागमती प्रदेश सम्पर्क मञ्चको कार्यालय काठाडौंमा एक कार्यक्रमबीच गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमल दाहालले जनताको हित र न्यायका लागि भनेर द्वन्दकालमा आफू पूर्णरुपले माओवादीको एजेण्डामा लागेर हिडेको भएपनि उक्त कुरा तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डले शक्ति र सत्ता हातपारेपछि आफ्ना नेता तथा कार्यकर्तालाई पन्छाउने र नातावाद कृपावादमा हाबी भएको आरोप लगाएका छन्। सम्पर्कमञ्चका नयाँ पदाधिकारीहरूलाई सचेत गराउँदै प्रचण्डलगायतका पक्षहरु विदेशीको गुलामी बनेर सत्ता मोह र कुर्सी मोह लागेर अहिले संसद् विघटनको स्थितिमा पुर्याएको बताएका छन्।
त्यस्तै, केन्द्रीय सदस्य रामकृष्ण श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल-प्रचण्ड पक्षले एकता र चुनावी तालमेलको धरातल बिर्सेको आरोप लगाएका छन्। चुनाबी तालमेलबाट सबैभन्दा बढी फाईदा प्रचण्डले लिएको र सरकार सञ्चालनको साझेदारीमा षडयन्त्रमुलक ढंगले जनताद्धारा चुनिएका प्रधानमन्त्री तथा राष्ट्रपतिलाई घेराबन्दी पार्ने र अविस्वासको प्रस्ताव, महाअभियो जस्ता लान्छना लगाउनेसम्मको सुनियोजित योजना पार्टीभित्रैबाट भएकाले संसद् विघटन गर्नु परेको जनाए ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटले पार्टीको आधिकारीताका प्रस्त आधार केपी पक्षमा रहेको तथ्य निर्वाचन आयोगले गरी सकेको हुँदा आगामी चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै देवकोटाले नेपाल-प्रचण्ड पक्ष पार्टीको विधान विपरित गएकाले आगमी चुनावमा उनीहरूको उम्मेद्वारी सुन्य हुने बताएका छन्।
त्यस्तै, मञ्चका अध्यक्ष नारायण बहादुर सुनुवारले देशको विकास र समृद्धिका लागि नेकपा अपरिहार्य रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले गरेको विकासको गतिविधिले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्ने बताए । कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले चाहे नाकाबन्दीको समय होस् वा देशको सीमाङ्कनको विषयमा नेपाल एकिकरण पश्चात कै ऐतिहासिक काम प्रधानमन्त्रीले ओलीको नेतृत्वमा सम्भव भएको बताए। कार्यक्रम मार्फत देशको स्वाभिमान बचाउन, देशलाई विकासको गति दिन र युवा नेतृत्वलाई अघि बढाउन ओली नेतृत्वको नेकपा गोलबद्ध भएर अघि बढ्न अध्यक्ष सुनुवारले अपिल गरेका छन् ।

