जनकपुरधाम। मधेस प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक, २०७९ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति पेश भएको छ । बैठकमा पूर्वबजेट छलफलअन्तर्गत प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सरकारको विनियोजन विधेयक, २०७९ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति प्रस्तुत गर्नुभयो । 

यस्तै प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सञ्चार ऐन, २०७७ संशोधन गर्न बनेको विधेयक विचार गरियोस् भन्ने प्रस्तावसमेत पेश गर्नुभयो । यही जेठ २७ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा सो प्रस्तावमाथि सैद्धान्तिक छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो।