काठमाडौं। सरकारले परिक्षणको रुपमा आइतबारका पनि दिन थालेको बिदा एक महिना नपुग्दै खारेज गर्ने निर्णय गरेको छ। गत बैशख २६ गते जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुईदिन दिन थालेको बिदा सोमबार बसेको मन्त्रिषरिषद् बैठकले खारेज गर्ने निर्णय गरेको हो। 

सोमबार बसेको मन्त्रिषरिषद् बैठकले थप आइतबार विदा फलदायी हुन नसकेको र कार्यान्वयनमा समेत चुनौति देखिएकाले असार १ गतेदेखि लागू हुने गरी खारेज गरिएको सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले् बताएका छन्।

परिक्षणका रुपमा जेठ १ गतेदेखि सरकारले हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिन थालेको थियो।