इच्छाकामना गाउँपालिकाका अनाथ र असहाय चेपाङ बालबालिकालाई न्यानो कपडा र स्टेशनरी बितरण गरिएको छ । गाउँपालिकाको वडा नं २ मा रहेको राष्ट्रिय आधारभुत बिद्यालयमा अध्ययनरत अति सिमान्तकृत चेपाङ समुदायका ३० जना बिद्यार्थीहरुलाई आदिबासी जनजाति बिकासका लागी संजाल नामक संस्थाबाट उक्त समाग्री बितरण गरिएको हो ।                                                                                                       अत्याधिक जाडोका कारण समस्यामा रहेका २० जना अनाथ र १० जना असहाय गरि ३० जना बालबालिकालाई जाडोमा लगाउने न्यानो कपडा, भुईमा बिछ्याउने म्याट र स्टेशनरीका सामाग्रीहरु बितरण गरिएको संस्थाका कोषाध्यक्ष निर्मला भुजेलले बताए ।

आदिबासी जनजाति बिकासका लागी संजालका अध्यक्ष साबित्री चेपाङको अध्यक्षता र सोही वडाका वडा अध्यक्ष पंच बहादुर चेपाङको प्रमुख आतित्थतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य तथा प्रवक्ता साबित्री गुरुङ, वडा नं ४ का कार्यबहाक अध्यक्ष मुक्तीनाथ शिलवाल, बिद्यालयका प्रधानाध्यापक कमला भण्डारी लगाएत बिभिन्न क्षेत्रका ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।