पोखरा। बलात्कार आरोप लागेका नायक शाहलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको तनहुँ र नवलपुर जिल्ला अदालतको आदेशलाई  उच्च अदालत, पोखराले सदर गरेको छ। बिहीबार उच्च अदालतले उक्त मुद्दा सुनुवाई गर्दै त्यस्तो निर्णयलाई सदर गरेको हो।

यसअघि दुवै जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। शाह त्यस निर्णयको त्यसविरुद्ध उच्च उदालत पोखरा पुनरावेदनका लागि गएका थिए। बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको हो।