जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता सुगा बुधबार तल्लो सदनमा भएको चुनावबाट प्रधानमन्त्री चुनिएका हुन । 

 

चुनाबमा कुल ४६२ मत खसेमा उनले ३१४ मत प्राप्त गरेका थिए । भारी मतले बिजय भएका ७१ बर्षीय सुगाले पुर्ब प्रधानमन्त्री आबेको बिदेश र अर्थनितीलाई निरन्तरता दिने बताएका छन । 
पुर्ब प्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मी समेत रहेका सुगा यसअघी प्रमुख क्याबिनेट सेक्रेटरी थिए । 

 

स्वास्थका कारण सिन्जो आबेले अगष्ट अन्तिम साता प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । अब सन् २०२१ सेप्टेम्बर सम्म सुगाले प्रधानमन्त्रीको पद सम्हाल्ने छन ।