काठमाडौं । जारी सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा आज राति स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच पेरिसमा हुँदैछ ।
नेपाली समयानुसार १२ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । दुई उपाधि जितेको लिभरपुल उच्च लयमा रहेको छ भने रियल म्याड्रिडले पनि स्पेनिस लालिगा जितेर आफ्नो स्तरलाई कायम राखेको छ ।
रियलले च्याम्पियन्स लिग सबैभन्दा बढी १३ पटक जितिसकेको हुँदा १४ औँ उपाधिको लागि खेल्नेछ । दुवै टोलीमा उच्च लयमा रहेका खेलाडीहरु रहेको हुँदा यो फाइनल खेल सबैको चासोको विषय बनेको छ ।