परिचयः
कार्य विवरण एउटा लिखित दस्तावेज हो, जसमा कर्ताले निर्वाह गर्नुपर्ने काम र यसको कार्यविधि उल्लेख गरिएको हुन्छ । निजामती सेवाको सन्दर्भमा भन्नुपर्दा निजामती सेवाको पदमा कार्यरत कर्मचारीले उक्त पदरमा कार्यरत रहँदा सम्पादन गर्नुपर्ने कार्यहरुको सूची नै कार्य विवरण हो । यो कर्मचारीको जिम्मेवारी र दायित्वको दस्तावेज हो ।
A broad, general, and written statement of a specific job, based on findings of a job analysis.
समग्रमा कार्य विवरण लिखित अभिलेख हो जसले कुनैपनि पदको पदिय जिम्मेवारी, कार्य क्षेत्र, उद्येश्यलाई समेटेको हुन्छ ।

कार्य विवरणमा समावेश हुने विषयहरु
कार्य विवरणमा देहायका विषयहरु समावेश हुन्छन् ।

  • पदको उद्येश्य
  • पदको कार्य विवरण
  • पदको कर्तव्य तथा उत्तरदायित्व
  • काम गर्ने वातावरण
  • निरीक्षणको किसिम
  • कार्य सम्पादन गर्न चाहिने स्रोत साधन

निजमती सेवामा कार्य विवरणः
निजामती सेवा ऐन, २०४९ को दफा ५ (क) मा कार्य विवरणः

  • नेपाल सरकारले स्वीकृत गरेको संगठनको कार्य विवरणको आधारमा सम्बन्धित सचिव, विभागिय प्रमुख तथा कार्यालय प्रमुखले प्रत्येक निजामती कर्मचरीकोकार्य विवरण बनाई लागू गर्नेछ । यस्तो कार्य विवरणमा त्यस्तो पदको काम, कर्तव्य, उत्तरदायित्व, अधिकार र योग्यता समेत स्पष्ट रुपमा किटिएको हुनु पर्नेछ ।
  • निजामती कर्मचारीलाई कुनै पनि पदमा पदस्थापन गर्दा दिइने पत्रसँगै निजको कार्य विवरण र कार्य विवरण अनुसार कामको मूल्याङ्कन गर्ने सूचाकाङ्क समेत उपलब्ध गराउनु पर्नेछ ।

निजामती सेवा नियामवली, २०५० मा कार्य विवरण स्वीकृत सम्बन्धी व्यवस्था
– मुख्य सचिवः नेपाल सरकार मन्त्रिपरिषद्
– राजपत्राङ्कित विशिष्ट श्रेणीः मुख्य सचिव
– मन्त्रालय वा केन्द्रीय निकायका कर्मचारी र विभागियप्रमुखः सम्बन्धित सचिव र विशिष्ट श्रेणीको अधिकृत

निष्कर्षः
कार्य विवरणले पदमा रहँदा कर्मचारीले निर्वाह गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारीको जानकारी
दिन्छ ।कार्य विवरणलाई कार्य सम्पादन सम्झौतासँग एकीकृत गर्न सकिन्छ । कार्य विवरण र कार्यसम्पादन मूल्याङ्कन एक अर्कासँग अर्न्तरसम्बन्धित विषय हुन । कार्य विवरण अनुसार कार्य सम्पादन मूल्याङ्कन गर्ने व्यवस्था गरेमात्र कार्य सम्पादन मूल्याङ्कन वस्तुनिष्ठ र प्रभावकारी हुन्छ ।

-कटवाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कर्मचारी हुन् ।