काठमाडौं। भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ।  भारतले अनुदान बापत उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण भएको हो।

त्रिभुवन अन्तवर्राष्ट्रिय विवमान स्थलसम्म एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको ल्याईएकोमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका हुन् ।

माघ ७ गते बुधकार भारतले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो। सोहि बमोजिमका खोप आज नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

भारतले नेपाललाई प्रदान गेको खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो यसको विकास अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको थियो।

प्राप्त खोप सरकारले प्रदेश स्थित खोप केन्द्रहरूमा भण्डारण गरेर पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने जनाएको छ ।