काठमाडौं। सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि त्यसको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ। सोमबार दिउँसो त्रिचन्द्र कलेजबाट अनेरास्ववियुले मसाल जुलुस सहितको प्रदर्शन गरेको हो।
अनेरास्ववियुको मसाल जुलुसमा प्रहरील हस्तक्षेप भएको र प्रदर्शनकारीले बोकेको मसाल प्रहरीले खोसेर निभाएको सञ्चारमाध्यमहरूले जनाएका छन्। नेपाल आयल निगमले आइतबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।
निगमले पछिल्लो एक हप्ताका बीचमा पेट्रोलमा प्रति लिटर २० रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २०० रुपैयाँ मूल्य बढाएको छ ।

