काठमाडौं। अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेयाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन् । उपमन्त्री जेयाले प्रधानमन्त्री देउवासँग आइतबार बिहान बालुवाटार पुगेर भेट गरेकी हुन् ।
भेटका सम्बन्धमा प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिँदै ‘अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट्दा खुसी लागेको छ,’ देउवाले ट्वीटरमा लेखेका छन्, ‘भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको छ ।’ बताएका छन्।

