रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिकामा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा कांग्रेसकी सावित्री सुनुवार विजयी भएका छन्। सुनुवार ३ हजार ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितबहादुर कटुवालले २ हजार १७२ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका हिक्मत सुनुवारले २ हजार १४१ मत ल्याएका थिए।
उपाध्यक्षमा नेपाली कांग्रेसकी सावित्री सुनुवार विजयी भएकी छन् । सुनुवारले २ हजार ९ सय २२ मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८३४ मत प्राप्त गरेकी छन्।

