रोङ। इलामको रोङ गाउपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काग्रेसका मणिकुमार स्याङबो (सुवास) तामाङ र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल विजयी भएका छन्।
सुवासले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेहरमान तामाङले ४३२२ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा बिजयी भुजेलले ४६५६ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४१९७ मत ल्याएकी छिन् । ६ वटा वडा रहेको रोङ गाउपालिकाको ३ वटा वडा अध्यक्ष नेपाली काग्रेसका उम्मेद्वारले जितेका छन् भने २ वटा एमालेले जितेका छन् । वडा नम्बर १, ३ र ५ मा नेपाली काग्रेसले वडा अध्यक्ष जितेको छ भने वडा नम्बर ४ र ६ एमालेले जितेको छ । वडा नम्बर २ मा भने स्वतन्त्र उम्मेद्वार ले बिजयी हात पारेका छन् ।

