कुस्मा। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिका ८, चुवामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका युवा राजेश गिरीले काँग्रेस र एमालेको मत्का ट्ने आँकलन गरिएको छ ।

राजनीतिक दलले आफ्नो स्वार्थका लागि मात्रै काम गरेको, चुवाको विकासको लागि काम नै गर्न नसकेको गिरीको आरोप छ । 

गिरीले आफूले चुनाव जिते पक्ष विपक्षको रुपमा नहेरी साझा नेतृत्व लिएर चुवाको आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यता गिरीको उपस्थितिले कुन दललाई फाइदा र कुन दललाई घाटा होला भन्ने चर्चा पनि सुरु भएको छ । 

३० गते हुने मतदानमा गिरीले सामाजिक सञ्जालको मतलाई 'ब्यालेट’ मा कति परिणत गर्न सक्छन् भन्नेचाहिँ हेर्न बाँकी नै छ। 

तर, उनको उपस्थितिलाई दुवै ठूला दलले चुनौतीको रूपमा भने लिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका गिरीले ‘धारो’ चुनाव चिन्ह पाएका छन् । वडाध्यक्षका लागि गठबन्धनका तर्फबाट नेपाली काग्रेँसका सुरेन्द्र केसी, नेकपा एमालेका तर्फबाट कुल प्रसाद पोख्रेल र स्वतन्त्र रुपमा राजेश गिरी छन् ।

गिरीको बैचारिक क्षमता, सामाजिक कार्यको जोश र दलहरूका कमजोर प्रतिद्वन्द्वीका कारण उनी जितको नजिक रहेको आँकलन गरिन थालिएको छ।