काठमाण्डौं । भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ ८ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ । अब पेट्रोलको लागत मूल्य प्रतिलिटर १८३ रुपैयाँ २ पैसा र डिजेलको लागत मूल्य प्रतिलिटर १८३ रुपैयाँ १३ पैसा पुगेको निगमले जनाएको छ । निगमले भने हाल पेट्रोल लिटरको १ सय ६० र डिजेल १ सय ४३ रूपैयाँमा बिक्री गरिरहेको छ ।
विगतमा डिजेल भन्दा पेट्रोलको खरिद लागत बढी हुने गरेकोमा अब डिजेलको लागत बढी भएको छ ।भारतले नयाँ मूल्यसूची पठाएपनि नेपालमा इन्धनको मूल्य हेरफेर हुन्छ कि हुँदैन भन्नेबारे निगमले जानकारी दिएको छैन।आइओसीले नयाँ मूल्य पठाएसँगै आगामी १५ दिनमा करिब पाँच अर्ब १९ करोड रूपैयाँ घाटा हुनेनिगमले जनाएको छ ।००००

