नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका स्थित नेगी गाउँको बस्तीमाथि रहेको २० हजार घनमिटर ठुलो ढुङ्गा नेपाली सेनाको विपद् व्यवस्थापन टोलीले निष्क्रिय पारी व्यवस्थापन गरेको छ। गाउँपालिका र नेपाली सेनाको कालीभञ्जन गणको टोलीले बैशाख १५ गते ढुङ्गा फुटाएको हो ।

दुप्चेश्वर गाउँपालिका, वडा नं.१ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथी रहेको करिब २०,००० घन मिटरको ठूलो ढुङ्गा, नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा श्री कालीभञ्जन गण (ई) बाट खटिएको दक्ष जनशक्तिले मिति २०७८ साल फाल्गुण १४ गतेबाट ब्लाष्टिङ्ग कार्य शुरु गरी मिति २०७९ साल बैशाख १५ गते उक्त ढुङ्गा व्यवस्थापन कार्य सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ।