काठमाडौं । यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गतको चाबहिल यातायात कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै परीक्षा निगरानीको लागि ट्राफिक प्रहरी नखटिएकाले दुवै परीक्षा स्थगित गर्नु परेको जनाएको हो ।
कार्यालयले सूचना जारी गर्दै परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले पुस २७ गते सोमबारदेखि अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित सूचनामा उल्लेख छ ।
सूचनामा ‘लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ’ ।
सूचना:

