काठमाडौं। सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघीको पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

आईतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णयसँगै माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। 

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त गर्नु अगाडी राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएका हुन्।