मरिण। माओवादी केन्द्र मरिण गाउँ कमिटीका अध्यक्ष गोपाल बुढाथोकीले आफ्नो अध्यक्ष पदबाट राजीनामा दिएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीमा गटबन्दी र स्वेच्छाचारी बढेको भन्दै राजीनामा दिएको घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष बुढाथोकीले भनेका छन् "मरिण गाउँपालिका भित्र रहनु भएका सम्पूर्ण निष्ठावान,अनुशासित,सर्वहारा वर्गियपक्षधर कम्रेडहरु, सिन्धुली जिल्लाका पार्टी नेतृत्व पूर्णतः गुट प्रवृत्तिमा रम्ने श्रमजीवी कार्यकर्तालाई पूर्वाग्रही ढङ्गको ब्यबहार गर्न निरन्तर लागि परेकोले, विधि पद्धतिमा नरही स्वेच्छाचारी प्रवृत्ति हाबी भएको कारण आजको दिन देखि आफू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँकमिटीको अध्यक्षबाट राजिनामा दिएको जानकारी गराउँदछु। यसबाट शुभेच्छुक मित्रहरूमा पर्न गएको चोटप्रति क्षमाप्रार्थी छु। राष्ट्र,राष्ट्रियता, जनजिविका र श्रमजीवी जनताको पक्षमा लागिरहनु पछि नपर्ने विश्वसनियता दिलाउँछु। तत्काल कुनै दल पार्टीमा संलग्न हुने छैन।"

